images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • १० वर्षमा ६ लाख विद्यार्थीले लिए...

१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै

१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् । ‘केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्या उस्तैउस्तै देखिन्छ,’ उनले भने ।

    शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा  १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो ।सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा  जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।

    images
    images

    एनओसी लिएका कति विद्यार्थी विदेशीय भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।

    १० वर्षमा विद्यार्थीले लिएको एनओसीको संख्या

    उच्च शिक्षा अध्ययनका लागि बर्सेनि विद्यार्थी बाहिरिनेको संख्या बढीरहेको छ । १० वर्षको अवधिमा विद्यार्थीले ६ लाख ३९ हजार १४८ एनओसी लिएका छन् ।

    एनओसीको

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend