images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने...

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि निष्कासन गरिरहेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।जुन आईपीओमा आज फागुन ५ गते कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

    images
    images

    कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर पहिलो चरणमा निष्कासन गरिरहेको छ। यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मात्रैआवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend