images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • विद्युतीय कारोबारबाट हुने ठगीका घटनाहरु बढ्न...

विद्युतीय कारोबारबाट हुने ठगीका घटनाहरु बढ्न थाले ।

विद्युतीय कारोबारबाट हुने ठगीका घटनाहरु बढ्न थाले ।

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौंः ५ फागुन, पछिल्लो समय विद्युती कारोबारमा आकर्षण बढेको छ । कोरोना महामारीको समयमा त यसको प्रयोग निकै मात्रामा बढेको थियो । अहिले पनि मानिसहरुले विद्युतीय कारोबार गर्ने गरेका छन् । यो संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विद्युतीय कारोबारमा आकर्षण बढे सँगै यसमा ठगीका घटनाहरु बढ्न थालेका छन् ।

    images
    images

    ग्राहकहरुालई आपराधिक समूहले ठगी गरेको धेरै उजुरी परेको भन्दै अपरचित व्यक्तिहरुबाट सजग रहन राष्ट्र बैंक लगायत निकायहरुले आग्रह गर्दै आएका छन् ।


    ठगीबाट जोगिने कसरी ?

    images
    images

    १. सामाजिक सञ्जाल मार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै इन्टरनेट अथवा मोवाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेकोभनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

    २. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनु अघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

    ३. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नु पर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नु पर्दछ ।

    ४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नु हुँदैन । यसरी अनधिकृत ब्एए डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

    ५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनु पर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend