images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • निजामती र शिक्षा विधेयक अगाडि बढाउन...

निजामती र शिक्षा विधेयक अगाडि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

निजामती र शिक्षा विधेयक अगाडि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेका छन् ।

    images
    images

    सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार बिहान सिंहदरबारमा सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।बैठकपछि बर्तौलाले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको जानकारी दिए ।

    ‘संसद्‍मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने विषयमा छलफल भएको छ’ उनले बताए । चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । उनका अनुसार महत्वपूर्ण विधेयक अगाडि बढाउन पहल लिने निर्णय भएको छ ।

    images
    images

    ‘संघीय निजामती विधेयक, शिक्षा विधेयक अगाडि बढ्छ कि बढ्दैन भन्ने छ । हाम्रो आजको बैठकको निष्कर्ष हो- दुवै हाउसमा रहेका महत्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउने । एउटाबाट पारित भएर अगाडि बढेका विधेयक अर्को हाउसमा पनि पारित गरेर अगाडि बढाइहाल्न पहल लिने निर्णय भएको छ’ बर्तौलाले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend