images

२०८३ आश्विन ३० गते

images
images
images

शाइन रेसुंगा राष्ट्रिय टेन के रन प्रतियोगितामा कीर्तिमानी मानन्धरलाई सद्भावना दूत नियुक्त

शाइन रेसुंगा राष्ट्रिय टेन के रन प्रतियोगितामा कीर्तिमानी मानन्धरलाई सद्भावना दूत नियुक्त

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं। शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते बुटवलमा आयोजित गर्न लागेको शाइन  रेसुंगा राष्ट्रिय टेन के रन १० किलोमिटर दौड प्रतियोगितामा कीर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरलाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ।

    images
    images

    दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गरेका मानन्धरले दौड संस्कृतिको प्रवर्द्धन र आमजनताको स्वास्थ्य जीवनशैलीको विकासमा योगदान दिनुपर्ने आवश्यकता औँल्याए। प्रतियोगिता लुम्बिनी प्रदेशका नागरिकहरूका लागि खुला हुनेछ, र कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ।

    प्रतियोगितामा सहभागी हुने धावकहरूको दर्ता प्रक्रिया शाइन रेसुंगा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटमार्फत २०८१\११\०९ दिउँसो १२ बजे सम्म गर्न सकिनेछ। प्रतियोगिता पुरुष र महिला क्याटेगोरीसँगै स्थानीय धावकहरूको लागि ५ किलोमिटर दौडमा पनि प्रतिस्पर्धा राखिनेछ।यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले स्वीकृति प्रदान गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend