images

२०८३ आश्विन १९ गते

images
images
images

टंक बुढाथोकीले बालकोटबाट सुरु गरे ‘मनबिनाको धन’को छायांकन

टंक बुढाथोकीले बालकोटबाट सुरु गरे ‘मनबिनाको धन’को छायांकन

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन’को छायांकन शुक्रबार भक्तपुरको बालकोटबाट सुरु भएको छ ।छायांकनअघि कोटेश्वर महादेव मन्दिरमा मुहूर्त पूजा गरियो । अभिनेता सरोज खनालले मुहूर्त पूजामा कल्याप, व्यवसायी टीका बुढाथोकीले नरिवल फोडेका थिए । बालगायक अशोक दर्जी र सन्तोष पन्तले मुहर्त सट् दिए ।

    images
    images

    भक्तपुरसहित काठमाडौं र तनहुँमा छायांकन हुनेछ । टंकले कम्पोज गरेको ‘मनबिनाको धन’ हिट भएको थियो । उक्त गीतबाट फिल्मको शीर्षक राखिएको हो ।शीर्ष भूमिकामा बालगायक अशोक दर्जी हुनेछन् । उनीसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोलको अभिनय हुनेछ ।

    पटकथा शिवम अधिकारीले लेखेका हुन् । सामाजिक कथावस्तुमा बन्ने फिल्मलाई बैंकटेश्वर इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्मातामा विष्णुमाया नेपाली, सहनिर्मातामा जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल, विजया पाण्डे छन् । मिनु शर्मा कार्यकारी निर्मातामा छिन् ।बालगायक दर्जीको यो डेब्यु फिल्म हुनेछ । गीतमा पनि उनी फिचर्ड थिए । उक्त गीतमार्फत दर्जीको जीवनमा बदलाव आयो । उनी अहिले काठमाडौंको एक विद्यालयमा कक्षा ८ मा पढ्छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend