images

२०८३ कार्तिक ७ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ बराकरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

    images
    images

    धबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । 

    images
    images

    असार १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६३ खर्ब ३५ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ४९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

    समीक्षा अवधिमा ७९.१८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग हाल ६ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ । 

    बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.१९ प्रतिशतमा खुम्चिएको छ । 

    जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend