images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • डिसहोम इन्टरनेटको ‘समर स्पिड’ अफर :...

डिसहोम इन्टरनेटको ‘समर स्पिड’ अफर : नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस

डिसहोम इन्टरनेटको ‘समर स्पिड’ अफर : नयाँ ग्राहक र रिचार्ज गर्नेलाई थप ३ महिना बोनस

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं ।  डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ।

    images
    images

    यस अफरअन्तर्गत, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।

    यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु ८ हजार ५ सय, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको रु ११ हजार ५ सय र ३०० एमबीपीएस वार्षिक  जडान (राउटर तथा भ्याट सहितको) रु १३ हजार ५ सय रहेको छ।

    images
    images

    यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन्।नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन्।थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend