images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • चर्को विरोधपछि युट्युब शो ‘इन्डियाज गट...

चर्को विरोधपछि युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द, पुराना सबै एपिसोड हटे

चर्को विरोधपछि युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द, पुराना सबै एपिसोड हटे

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ को एउटा क्लिप विवादमा परेपछि शोका सबै एपिसोड युट्युबबाट हटाइएको छ । हास्यकलाकार समय रैनाले आफ्नो युट्युब च्यानलबाट उक्त शोका सबै भिडिओ हटाएका हुन् । समयले बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै यो विवादका कारण आफूलाई धेरै कठिनाइ भएको बताएका छन् । साथै, उनले अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

    images
    images

    “जे भइरहेको छ, त्यो मेरो लागि सम्हाल्न गाह्रो भइरहेको छ। मैले आफ्नो च्यानलबाट ‘इन्डियाज गट लेटेन्ट’ का सबै भिडिओ हटाएको छु । मेरो उद्देश्य मानिसहरूलाई हँसाउने र मनोरञ्जन दिने मात्र थियो । निष्पक्ष रूपमा छानबिनका लागि म सबै निकायहरूसँग पूर्ण रूपमा सहकार्य गर्न तयार छु। धन्यवाद !” उनले लेखेका छन् ।

    यस्तै केही दिनअघि रणवीर अल्लाहबादिया ((बियरबाइसेप्स))ले पनि उक्त विवादास्पद क्लिपलाई लिएर माफी मागेका थिए । विवादमा रहेको भिडिओ शोको पछिल्लो एपिसोडबाट भाइरल भयो । जहाँ रणवीर 'गेस्ट जज'का रूपमा उपस्थित थिए । उक्त एपिसोडमा रणवीरले एक प्रतियोगीलाई आपत्तिजनक प्रश्न सोधेका थिए । बियरबाइसेप्सले एक प्रतियोगीलाई एउटा अनौठो प्रश्न सोधेका थिए- “तपाईं आफ्नो आमाबाबुले जीवनभर यौन सम्बन्ध राखेको हेर्नुहुन्छ वा एक पटक आफू पनि सहभागी भएर सधैंका लागि रोक्नुहुन्छ ?” यो टिप्पणी सामाजिक सञ्जालमा तुरुन्तै भाइरल भयो । यसपछि दर्शकहरूले बियरबाइसेप्स र शोका निर्माताहरूले कुनै चेतावनी बिना यस्तो अश्लील सामग्री प्रवर्द्धन गरेको भन्दै विरोध जनाउन सुरु गरे ।

    images
    images

    सो क्लिप भाइरल भएपछि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि शोमा उपस्थित कलाकारहरू समय रैना, रणवीर अल्लाहबादिया, आशिष चञ्चलानी, जसप्रीत सिंह र अपूर्वा मुखिजाविरुद्ध धेरैवटा एफआईआर दर्ता भएका छन् । यस्तै सोही एपिसोडको विवादपछि समय रैनाको आगामी टुर र शोहरू समेत रद्द भएका छन् । त्यसैगरी, रणवीर र समय दुवैलाई मुम्बई प्रहरीले बयानका लागि बोलाएको छ ।

    यसअघि, रणवीरले आफ्नो इन्स्टाग्राममा एक माफी भिडिओ पोस्ट गर्दै भनेका थिए, “मैले ‘इन्डियाज गट लेटेन्ट’ मा जुन कुरा बोलेँ, त्यो भन्नु हुँदैनथ्यो । म माफी चाहन्छु । मेरो टिप्पणी न त उपयुक्त थियो, न त रमाइलो । हास्य व्यङ्ग्य मेरो क्षेत्र होइन । धेरै जनाले म आफ्नो प्लेटफर्म यसरी प्रयोग गर्न चाहन्छु कि भनेर सोध्नुभयो, तर त्यस्तो होइन । म कुनै बहाना, कारण वा व्याख्या दिन चाहन्न । म यहाँ केवल माफी माग्नका लागि आएको हुँ । मैले क्षणिक रूपमा लिएको निर्णय गलत भयो । यो मेरो गल्ती थियो ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend