images

२०८३ आश्विन १९ गते

images
images
images

प्रिमियर शोमा रूचाइयो सलोनको फिल्म ‘रंगी’

प्रिमियर शोमा रूचाइयो सलोनको फिल्म ‘रंगी’

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं ।  बुधबार गरिएको प्रिमियर शोमा फिल्म ‘रंगी’ लाई सकारात्मक प्रतिक्रिया मिलेको छ। भोलि शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्म बाबुछोरीको कथामा आधारित छ। अभिनेता सलोन बस्नेतले यसै फिल्मबाट निर्माताको रुपमा डेब्यु गरेका हुन्। 

    images
    images

    फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मन परेको बताए। उनीहरुले फिल्मको कथादेखि कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरे।

    फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। यस फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend