images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • पत्रकार महासङ्घको सामाजिक सञ्जाल विधेयक फिर्ता...

पत्रकार महासङ्घको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

पत्रकार महासङ्घको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।महासङ्घले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासङ्घसहित सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न माग गरेको छ ।सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासङ्घको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयकलाई अघि बढाए महासङ्घ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

    images
    images

    ‘महासङ्घसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर यो बैठकले गरेको छ,’ बैठकपछि महासचिव रामप्रसाद दाहालद्वारा सार्वजनिक घोषणापत्रमा लेखिएको छ,’ ‘विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूमा मात्रै नियमन गर्नेगरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरू समक्ष माग गर्दछ । अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्युमिडियाकाे प्रभावकारितामा अङ्कुश लगाउने गरी बन्ने विधेयकका विरुद्ध महासङ्घ सङ्घर्षमा उत्रिन बाध्य हुनेछ ।’

    महासङ्घले राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयकमा समेत आफ्ना सुझावहरू नसमेटेको भन्दै संशोधन गरेर मात्रै पारित गर्न आग्रह गरेको छ ।महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहबाट समेत कानूनहरू बन्ने क्रममा रहेकामा त्यस्ता कानूनहरू निर्माण गर्दा  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारसम्बन्धी व्यवस्था ख्याल गर्न आग्रह गरेको छ । त्यस्तै, श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष प्रशोधनसहित पूर्ण कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।महासङ्घले धरानका पत्रकार गोपाल दाहालमाथि भएको दुर्व्यवहार र धम्कीको घटनामा महासङ्घको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न माग गरेको छ ।

    images
    images

    पछिल्लो समय प्रेस काउन्सिल नेपालले मिडियालाई कालोसूचीमा राख्ने लगायतका गतिविधि गरिरहेकोमा ध्यानाकर्षण भएको भन्दै महासङ्घले काउन्सिललाई आफ्नो क्षेत्राधिकारको ख्याल गर्न आग्रह गरेको छ ।त्यस्तै, श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिकसहित सेवासुविधामा समयानुकूल वृद्धि गर्न, सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन, ज्येष्ठ नागरिक पत्रकार वृत्ति कोषमा रकम वृद्धि गर्न, श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रूपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारी घोषणाको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।

    देशभर एकपछि अर्को गरी सञ्चारमाध्यमहरू बन्द भइरहेकोमा सञ्चारमाध्यममा निम्तिएको संकट र बन्द हुनुका कारणहरूमा केन्द्रीत भएर मिडियाको स्थिति अध्ययन गर्ने महासङ्घले जनाएको छ ।त्यस्तै, आमसञ्चारको क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति, मधेशी, सीमान्तकृत समुदाय र पछाडि पारिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी र सुशासनयुक्त सञ्चारगृह निर्माण गर्न समेत महासङ्घले माग गरेको छ ।महासङ्घले आफ्नो सदस्यता परिचयपत्रलाई आधार बनाएर सिंहदरबार प्रवेशको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

    बैठकले तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्मला शर्माद्वारा प्रस्तुत नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रस्तावहरू पारित गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend