images

२०८३ आश्विन १९ गते

images
images
images

भ्यालेन्टाइन्स डेमा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

भ्यालेन्टाइन्स डेमा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं ।  हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने गरिन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ ।

    images
    images

    यसैबीच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । लोकप्रिय गायक धीरज राईले मधुशाला गीत गजलमा आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।

    मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसंगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नका तयारी थालिसकेका छन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खि रहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

    images
    images

    मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राईः भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक राखिएको उक्त विशेष कार्यक्रमलाई उद्घोषक सुशिल नेपालले सञ्चालन गर्नेछन् । इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा सहभागिता जनाउने मायालु जोडीहरुलाई मधुशाला गीत गजलले सरप्राइज गिफ्ट तथा विशेष छूटको समेत घोषणा गरेको छ ।

    मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार भ्यालेन्टाइन्स डेका दिन मधुशालामा आउने जोडिहरुलाई केही सरप्राइ गेमहरु पनि खेलाइने छ । उक्त खेलमा विजयी हुने जोडिलाई विशेष उपहार प्रदान गरिनुका साथै विशेष छूटसमेत प्रदान गरिने छ ।भ्यालेन्टाइन्स विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँले अहिलेदेखि टेबल बुकिङ खुल्ला गरेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend