images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • ‘छोरी शिक्षाबाट बालविवाहमा रोक सम्भव छ’:...

‘छोरी शिक्षाबाट बालविवाहमा रोक सम्भव छ’: मुख्यमन्त्री सिंह

‘छोरी शिक्षाबाट बालविवाहमा रोक सम्भव छ’: मुख्यमन्त्री सिंह

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • जनकपुर- मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबिको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसङ्ख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे ।

    images
    images

    बुधवार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिरहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै बालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यस कारण बालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे ।उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पुरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न पछिल्ला समयमा देखा परेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिंहले सुझाए ।

    उनले सामुदायिक विद्यालयमा बालिकाको सङ्ख्यात्मक उपस्थिति उल्लेख्य रहेको तथा उच्चशिक्षा प्राप्त गरी चिकित्सा, इन्जिनियरिङ आदि पेसागत क्षेत्रमा बालिकाहरूले अब्बल प्रदर्शन गरिरहेको स्थिति उत्साहजनक भएको टिप्पणी गरे । बाबुआमाको हेरचाहमा छोराभन्दा छोरीले बढी गरिरहेको विषय स्थापित भइसकेको भन्दै शिक्षाका माध्यमबाट छोरीलाई विभिन्न सरकारी लगायतका अवसरमा सहभागिता एवम् प्रतिनिधित्व सुनिश्चित गराउन बालिका शिक्षामा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    images
    images

    उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दात्री निकाय, गैरसरकारी संस्था लगायत सरोकारवालाहरू थप सक्रिय हुनुपर्ने औँल्याए । मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको भन्दै छोरीलाई शिक्षार्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर प्राप्त गर्न प्रदेशमा सहज रहेको चर्चा गरे । सो अवसरमा मुख्यमन्त्री सिंहले बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका छन् । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend