images

२०८३ कार्तिक ७ गते

images
images
images
  • बैंक वित्त
  • एनआइसी एशियाले कर्जा ग्राहकहरूलाई ल्यायो...

एनआइसी एशियाले कर्जा ग्राहकहरूलाई ल्यायो व्याज छुट योजना

एनआइसी एशियाले कर्जा ग्राहकहरूलाई ल्यायो व्याज छुट योजना

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै व्याज छुट योजना सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइनेछ ।  

    साथै ९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेकालाई ३५ प्रतिशत व्याज रकममा छुट दिइने बैकले जनाएको छ । 

    images
    images

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका  ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैकले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend