images

२०८३ आश्विन १६ गते

images
images
images

यती एअरलाइन्समा जन्ती जाँदा बेहुला-बेहुलीलाई निःशुल्क टिकट

यती एअरलाइन्समा जन्ती जाँदा बेहुला-बेहुलीलाई निःशुल्क टिकट

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।

    images
    images

    यस योजनाअन्तर्गत जन्तीले यती एअरलाइन्समार्फत यात्रा गर्दा बेहुलाबेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् ।

    यस योजनाले हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधासमेत पाउनेछन् ।

    images
    images

    योजना फागुन महिनाभर लागू हुनेछ । थप जानकारीका लागि एअरलाइन्सको ग्राहक सेवा नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend