images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाल टेलिकमको नाफामा भारी गिरावट,

नेपाल टेलिकमको नाफामा भारी गिरावट,

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०।८१ को दोस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, कम्पनीको नाफामा उल्लेख्य गिरावट देखिएको छ, जसले सेयरधनीहरूलाई सोच्न बाध्य बनाएको छ।

    images
    images

    ३२.९७ प्रतिशतले घट्यो नाफा

    नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको थियो। यस वर्षको तुलनामा टेलिकमको नाफामा ३२.९७ प्रतिशतको गिरावट आएको छ।
    आम्दानीमा पनि गिरावट

    images
    images

    सेवाबाट प्राप्त आम्दानी पनि केही घटेको देखिन्छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म टेलिकमले १७ अर्ब ४९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँको तुलनामा १।४ प्रतिशत कम हो।

    कम्पनीको वित्तीय आम्दानी २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी १३ करोड ९७ लाख रुपैयाँमा सीमित छ।
    रिजर्भ र सरप्लसमा गिरावट

    कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ र सरप्लस ७३ अर्ब १४ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष असार मसान्त सम्म कम्पनीको रिजर्भ ७५ अर्ब ९० करोड ७० लाख रुपैयाँ रहेको थियो। यो हिसाबले कम्पनीको रिजर्भ र सरप्लसमा ३.६४ प्रतिशतको गिरावट आएको देखिन्छ।

    प्रतिशेयर आम्दानी (EPS) र नेटवर्थ कस्तो छ?

    नेपाल टेलिकमको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको ४३.६८ रुपैयाँबाट घटेर २९.२८ रुपैयाँमा झरेको छ। पीई रेसियो ३०.३३ गुणा रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ ५०६.३४ रुपैयाँ कायम छ।
    सेयरधनीका लागि संकेत के?

    नेपाल टेलिकमको नाफा र आम्दानीमा आएको गिरावटले सेयरधनीहरूलाई सतर्क गराउने संकेत दिएको छ। यद्यपि, टेलिकम अझै पनि ठूलो कम्पनी भएकाले भविष्यमा सुधारका सम्भावना बाँकी नै छन्। प्रविधि र सेवामा नवीनता ल्याउन सकेमा कम्पनीले आफ्नो नाफा पुनः बढाउन सक्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend