images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • विश्वका कम भ्रष्टाचार हुने सूचीमा नेपाल...

विश्वका कम भ्रष्टाचार हुने सूचीमा नेपाल १०७औँ स्थानमा

विश्वका कम भ्रष्टाचार हुने सूचीमा नेपाल १०७औँ स्थानमा

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । विश्वको भ्रष्टाचार सूचकांकमा नेपालले एक स्थान प्रगति गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार (माघ २९) १८० देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ प्रतिवेदनमा नेपाल १०७औँ स्थानमा छ । अर्थात्, नेपाल विश्वकै कम भ्रष्टाचार हुने राष्ट्रमा १०७औँ नम्बरमा पर्न सफल भएको छ । अघिल्लो वर्षको सूचीमा नेपाल १०८औँ स्थानमा थियो ।
     
    यो वर्षको सूचीमा नेपालले एक स्थान प्रगति गरेको भए पनि प्राप्त नम्बर घटेको छ । गत वर्ष नेपालले कुल अंक ३५ पाएको । यो वर्षको सूचीमा नेपालले ३४ अंक प्राप्त गरेको छ ।
     
    उक्त सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत छ । दक्षिण सुडान आठ अंक प्राप्त गरी यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा अंकित छ । सूचकांकमा १०० ले ‘अति स्वच्छ’ र ० अंकले ‘अति भ्रष्ट’ जनाउँछ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend