images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सन्तोष पोखरेल ‘साइग्रेस’ आइएमईको स्टोरी एम्बेसडर...

सन्तोष पोखरेल ‘साइग्रेस’ आइएमईको स्टोरी एम्बेसडर नियुक्त

सन्तोष पोखरेल ‘साइग्रेस’ आइएमईको स्टोरी एम्बेसडर नियुक्त

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं ।  स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन्।विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतिलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आँगन र परिवारसम्मै पुयाउन मद्दत गर्नेछन्।

    images
    images

    नेपाली माटोमा सिकेको सीप र क्षमतालाई विश्व बजारमा पुर्याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साईग्रेसको आवाजमा सुन्न पाईने कम्पनीले जनाएको छ।नेपाली कथा बचनमा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा बिदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुन्। सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अब विश्वको रहेका हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्ने कम्पनीले जनाएको छ।

    साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूब, फेसबुक तथा इन्स्टाग्राम लगायतमा सञ्जालहरूमा पोष्ट गरिने कम्पनीले जनाएको छ। हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको बाचन मार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ।विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ।

    images
    images

    कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend