images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेसनल लघुवित्तको वित्तीय विवरण प्रकाशित,नाफामा ...

नेसनल लघुवित्तको वित्तीय विवरण प्रकाशित,नाफामा वृद्धि

नेसनल लघुवित्तको वित्तीय विवरण प्रकाशित,नाफामा वृद्धि

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ ।विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ ।

    images
    images

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६ दशमलव ६२ प्रतिशत बढी हो ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७ दशमलव ९६ प्रतिशत बढेको छ भने खुद फितथाकमिसन आम्दानी ३७ दशमलव २५ प्रतिशत घटेको छ ।

    त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६ दशमलव ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १¬०६ दशमलव ६२ प्रतिशत बढेको छ । दोस्रो त्रैमासिकको अन्त्य सम्ममा लघुवित्तको वितरण योग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend