images

२०८३ आश्विन १९ गते

images
images
images

हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढ्यो

हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढ्यो

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.४ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४० करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १६ करोड ३६ लाख रुपैयाँ थियो ।

    images
    images

    कम्पनीको आम्दानी बढ्दा नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले १ अर्ब करोड ८९ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ३ करोड छ । आम्दानी बढ्नुका अलवा वित्तीय खर्च ७ प्रतिशत घटेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १० रुपैयाँ ६५ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ३५ पैसा छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ११९३ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend