images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि,...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, जीवन बीमा कोषमा उल्लेखनीय विस्तार

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, जीवन बीमा कोषमा उल्लेखनीय विस्तार

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीको वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ।३ अर्ब ९३ करोड रुपैयाँ शेयर पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ, भने अन्य इक्विटी ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ६३ करोड २४ लाख रुपैयाँ थियो, जसमा यस वर्ष ३२.५ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, महाविपत्ति कोष पनि १६ करोड ९७ लाख रुपैयाँबाट बढेर १९ करोड २८ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष कम्पनीको नाफा १२ करोड ३६ हजार रुपैयाँ थियो।समीक्षा अवधिसम्म कम्पनीले कुल ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.६३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षमा यो रकम २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ मात्र थियो। त्यस्तै, पुनर्बीमा मार्फत कम्पनीले २० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको १६ करोड ४७ लाख रुपैयाँभन्दा बढी हो।

    समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ११ अर्ब ९७ करोड ८ लाख रुपैयाँको तुलनामा ४०.७७ प्रतिशतको अभूतपूर्व वृद्धि हो।समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ११ रुपैयाँ ७३ पैसा कायम भएको छ भने पीई (P/E) रेसियो ५९.२४ गुणा रहेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा पुगेको छ।सिटिजन लाइफ इन्स्योरेन्सको यो आर्थिक वृद्धिदरले बीमा बजारमा यसको मजबुत उपस्थितिलाई पुनः पुष्टि गरेको छ। कम्पनीको वित्तीय प्रदर्शनले लगानीकर्ताहरू र ग्राहकहरूका लागि आशाजनक संकेत देखाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend