images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेसनल लघुवित्तको वित्तीय विवरण सार्वजनिक,नाफा दोब्बर,...

नेसनल लघुवित्तको वित्तीय विवरण सार्वजनिक,नाफा दोब्बर, वित्तीय सूचकहरू सशक्त

नेसनल लघुवित्तको वित्तीय विवरण सार्वजनिक,नाफा दोब्बर, वित्तीय सूचकहरू सशक्त

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडाैं । नेसनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, संस्थाले समीक्षाधीन अवधिमा उल्लेखनीय वित्तीय वृद्धिसहित उत्साहजनक नाफा आर्जन गर्न सफल भएको छ।

    images
    images

    संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १० करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नेसनल लघुवित्तको सञ्चालन मुनाफा गत वर्षको तुलनामा १०६.६२ प्रतिशतले वृद्धि भई ३० करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो मुनाफा १४ करोड ८८ लाख रुपैयाँ मात्र थियो। संस्थाको आर्थिक व्यवस्थापन कुशल देखिएको छ, जसले व्यापार वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    images
    images

    समीक्षा अवधिसम्म संस्थाले ६६ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ३५ करोड ३१ लाख रुपैयाँ मात्र आम्दानी गरेको संस्थाले यसपटक ब्याज आम्दानीमा ८७.९६ प्रतिशतले उल्लेखनीय वृद्धि गर्न सफल भएको छ।

    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) अघिल्लो वर्षको ३.७४ प्रतिशतबाट घट्दै ३.०४ प्रतिशतमा झरेको छ। यो वित्तीय अनुशासन र कर्जा व्यवस्थापनमा संस्थाले उत्कृष्ट सुधार गरेको संकेत हो।संस्थाको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ भने, रिटेन्ड अर्निङमा २४ करोड १५ लाख रुपैयाँ तथा रिजर्भ कोषमा १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ सञ्चित रहेको छ। यसले संस्थाको वित्तीय अवस्था अझै सुदृढ रहेको पुष्टि गर्दछ।

    संस्थाले समीक्षाधीन अवधिसम्म १६ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ सापटी लिएर २२ अर्ब ९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। कर्जा प्रवाहमा भएको उल्लेखनीय वृद्धिले लघुवित्त क्षेत्रको विस्तार र आर्थिक सशक्तीकरणमा संस्थाको भूमिका अझै मजबुत रहेको देखाउँछ।संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३२.३४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको १९.२२ रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो। त्यस्तै, संस्थाको पीई रेसियो ४०.९१ गुणा रहेको छ भने, प्रतिशेयर नेटवर्थ २१९.६७ रुपैयाँ पुगेको छ।

    नेसनल लघुवित्त वित्तीय संस्थाको निरन्तर सुधार र उल्लेखनीय आर्थिक वृद्धिले यस क्षेत्रका लगानीकर्ताहरूका लागि नयाँ उत्साह पैदा गरेको छ। स्थिर वित्तीय व्यवस्थापन, प्रभावशाली नाफा वृद्धिदर र मजबुत कर्जा प्रवाहका कारण लघुवित्त बजारमा संस्थाको प्रभाव झन् मजबुत देखिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend