images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • रु रु जलविद्युत परियोजनाको विद्युत बिक्री...

रु रु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी थोरै बढ्यो, नाफा कति ?

रु रु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी थोरै बढ्यो, नाफा कति ?

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीको यस्तो आम्दानी ९ करोड १३ लाख रुपैयाँ रहेको थियो।

    विद्युत बिक्री आम्दानी थोरै बढेपछि कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.९२ प्रतिशत बढेर ६ करोड ७६ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.५१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २९.२३ प्रतिशत र वित्तीय खर्च २९.२३ प्रतिशत घटेको छ।

    images
    images

    नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७२ पैसा घटेर २१ रुपैयाँ १८ पैसामा झरेको छ। पुसको अन्त्य सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ।

    ५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend