images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा पनि...

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा पनि धनात्मक भएको छ

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा पनि धनात्मक भएको छ

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

    आम्दानी बढे सँगै कम्पनीको नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिना सम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधि सम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशत बढेको छ भने खुद खर्च ७.९३ प्रतिशत घटेको छ।

    नाफा धनात्मक भए सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्त सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend