images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा पर्‍यो...

विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा पर्‍यो मेटलाइफ

विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा पर्‍यो मेटलाइफ

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं ।  मेट लाइफले फर्च्युन म्यागजिनको २०२३ को 'विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू' को सूचीमा पुनः आफ्नो नाम समावेश गर्न सफल भएको छ।  यो मेट लाइफको लगातार दोस्रो पटक हो, जब यसले यो प्रतिष्ठित सूचीमा स्थान पाएको हो।

    images
    images

    उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरूलाई समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरूसँग सर्वेक्षण गरी बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरूको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

    मेट लाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भने हामीले गरिरहेका कामहरू प्रति हामी गौरवान्वित छौं र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरूले देखाएको समर्पण र प्रतिविद्धताको एक उदाहरण हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend