images

२०८३ आश्विन २० गते

images
images
images

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।

    images
    images

    त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । ‘गत वर्ष एक सय २५ मा बिक्री गर्‍यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ’, घिमिरेले भने ।

    उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेस्की बुझाइसकेको बताए ।

    images
    images

    एक किलो अम्रिसोबाट पाँच वटासम्म कुचो बनाउन सकिने र प्रति कुचो ७५ देखि एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा एक सय ६०, चितवनमा एक सय ९० र काठमाडौँमा दुई सयमा बिक्री गर्ने गरेको उनले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend