images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • कोकाकोला र वराहा क्लाइमेटसँगको सहकार्य सुरू...

कोकाकोला र वराहा क्लाइमेटसँगको सहकार्य सुरू , ७० प्रतिशत सहयोग कोकाकोलाले उपलब्ध गराउने

कोकाकोला र वराहा क्लाइमेटसँगको सहकार्य सुरू , ७० प्रतिशत सहयोग कोकाकोलाले उपलब्ध गराउने

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं ।किसानको आम्दानी बढाउने र वातावरण जगाउने उद्देश्‍यसहित साहारा नेपाल नामक गैरसरकारी संस्थाले नयाँ कार्यक्रम सुरू गरेको छ।कोकाकोला र वराहा क्लाइमेटसँगको सहकार्यमा सुरू गरिएको यो कार्यक्रम ४० मिलियन डलर (५ अर्ब ६० करोड रूपैयाँ) बराबरको हो।यो लगानीमध्ये ७० प्रतिशत आर्थिक सहयोग भने कोकाकोलाले उपलब्ध गराउने जनाइएको छ।

    images
    images

    आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो कार्यक्रमले विशेषत नेपालमा किसानको आम्दानी बढाउन, जमिन सुधार गर्न, पानी जोगाउन र जलवायु परिवर्तनको असर घटाउन केन्द्रित हुने बताइएको छ। परियोजना उद्घाटन कार्यक्रममा सभामुख देवराज घिमिरेले कृषि उद्यमशिलता आकर्षण गर्न र वातावरण संरक्षण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए।

    यस कार्यक्रम अन्तर्गत गरिने वृक्षारोपणमा फलफूलका विरूवालाई प्राथमिकता दिन उनले आग्रह गरे। यसले स्थानीयको आय आर्जनमा टेवा पुग्ने उनको भनाइ थियो।सभामुख घिमिरेले जलवायु परिवर्तनको असरले नेपालको कृषि क्षेत्रमा ठूलो हानी पुगेको बताए। 'एक हिसाबले भन्ने हो भने हामीले गर्दै नगरेको अपराधको सजाय भोगिरहेका छौँ, अन्य देशहरूले गरेको कार्बन उत्सर्जनको समस्या हामीले भोग्नु परेको छ,' घिमिरेले भने। 

    images
    images

    वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले यो कार्यक्रमले खाद्य सुरक्षामा सहयोग पुर्‍याउने बताए। उनले कार्बन उत्सर्जन घटाउन, जलवायु मैत्री कृषि प्रणालीको विकास गर्न, कृषिलाई दिगो गराउन तथा माटोको उर्वरा शक्ति बढाउनको लागि यो परियोजनाले सहयोग पुर्‍याउने बताए। कोशी, मधेस, कर्णाली र सुदूरपश्‍चिका १३ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न थालिएको साहारा नेपालले जनाएको छ। यस अन्तर्गत केही काम भने अघि बढाइएको छ।

    नेपालमा कृषि धेरै मानिसको जीविकोपार्जनको आधार भए पनि उत्पादन कम भएकाले आर्थिक समस्या, जलवायु परिवर्तनको असर र युवा विदेश पलायनजस्ता समस्याहरू बढ्दै गएको कारण यसलाई समाधान गर्न पुनर्जनशील कृषि प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रममा सहयोग गरिएको कोकाकोलाले जनाएको छ। 

    यो परियोजना अन्तर्गत माटोको स्वास्थ्य सुधार गर्न र उत्पादन बढाउन स्वदेशी रुख तथा बाली रोप्ने, सिँचाइ आवश्यकतालाई ८५ प्रतिशतले घटाउने उपाय अपनाउने, कार्बन नियन्त्रण गरी किसानलाई अतिरिक्त आम्दानी गर्ने अवसर दिने, युवा तथा महिलाहरूलाई कृषि व्यवसायमा संलग्न गराउने जनाइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend