images

२०८३ आश्विन २० गते

images
images
images

रि-रिलिजमा आक्रामक ‘सनम तेरी कसम’को व्यापार, दुई दिनमै तोडियो पुरानो रेकर्ड

रि-रिलिजमा आक्रामक ‘सनम तेरी कसम’को व्यापार, दुई दिनमै तोडियो पुरानो रेकर्ड

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । पछिल्लो समय पुराना बलिउड फिल्मको क्रेज हलहरूमा देख्न सकिन्छ। सुरुमा राम्रो व्यापार गर्न नसकेका चलचित्रहरू पुनः प्रदर्शनपछि चर्चामा आइरहेका छन्।‘लैला मजनु’ र ‘तुम्बाड’ पछि ‘सनम तेरी कसम’ सिनेमाघरमा राज गरिरहेको छ।  यो फिल्म ५ फेब्रुअरी सन् २०१६ मा रिलिज भएको थियो। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्म बक्सअफिसमा असफल भएको थियो। 

    images
    images

    २५ करोड भारतीय रुपैयाँ बजेटमा बनेको यस फिल्मले कूल ९ करोड भारुको व्यापार गरेको थियो। तर, टेलिभिजन र युट्युबमा रिलिज भएपछि यस फिल्मले निकै चर्चा पाएको थियो। सामाजिक सञ्जालमा व्यापार चर्चा भएपछि यो फिल्म गत शुक्रबारदेखि पुन: प्रदर्शनमा आएको छ।  

    जुन फिल्म दर्शकको रोजाइमा परेको छ, हृदयस्पर्शी कथालाई ठूलो पर्दामा हेर्न थिएटरहरूमा ठूलो भीड लागेको छ। रि-रिलिज भएको दुई दिनमै आफ्नो पुरानो रेकर्ड तोडेको छ।९ वर्षअघि यो फिल्मले ९ करोड रुपैयाँको लाइफटाइम कलेक्शन गरेको थियो। पुन: रिलिज हुँदा मात्र दुई दिनमा ९ करोड रुपैयाँ कमाएको छ। पहिलो दिन घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँको ओपनिङ गरेको थियो। दोस्रो दिन शनिबार ५ करोड रुपैयाँको व्यापार गरेको छ। 

    images
    images

    ४ करोड कमाउँदै यो फिल्म रि-रिलिजमा ठूलो ओपनिङ गर्ने दोस्रो भारतीय फिल्म बनेको छ। रि-रिलिजमा ठूलो ओपनिङ गर्नेमा तेलुगू फिल्म ‘गब्बर सिंह’ छ, जसले ५ करोड ७५ लाख कमाएको थियो।लबस्टोरी जनरामा बनेको फिल्ममा हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका छ। केही समयअघि यसको दोस्रो श्रृंखलासमेत बन्ने घोषणा भइसकेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend