images

२०८३ आश्विन १८ गते

images
images
images

श्रृजनशील लघुवित्तको साधारण सभा आज हुँदै

श्रृजनशील लघुवित्तको साधारण सभा आज हुँदै

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा आज माघ २७ गते आइतबार बिहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ ।

    images
    images

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात आर्थिक वर्ष २०८०\०८१ नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ ।

    सभाले क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ दफा ११ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २८१र०८२ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।सभाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

    images
    images

    सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखा परीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरूको शाखाहरू खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरूसँग सम्बन्धित आवश्यक कार्यहरू गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend