काठमाडौँ, माघ २६, शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट पत्रकार सम्मलेन गर्दै उनले तीन सय जना सँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जना मध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए ।
उनले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ भन्नेमै रहेको सुनाए। ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको बताए।
ताप्लेजुङमा केबलकार बने सँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको उनले बताए। ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको उनले बताए ।
उनले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए । उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे।
केबलकारले पहिचानको प्रबर्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ




.gif)





