images

२०८३ आश्विन २० गते

images
images
images

वार्नर ब्रदर्सले युट्युवमा ल्यायो ३१ फिचर फिल्म, निःशुल्क हेर्न पाइने

वार्नर ब्रदर्सले युट्युवमा ल्यायो ३१ फिचर फिल्म, निःशुल्क हेर्न पाइने

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रदर्सले आफूले निर्माण गरेका चर्चित ३१ कथानक फिल्मलाई युट्युवमा स्ट्रिमिङ थालेको छ । दर्शकले यी फिल्म युट्युवमा निःशुल्क हेर्न पाउनेछन् ।डिजिटल विज्ञापन शुल्क आम्दानीका लागि प्रतिष्ठित हलिउड स्टुडियोले आफ्ना क्लासिक फिल्मको क्याटालगलाई युट्युवमा सार्वजनिक गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

    images
    images

    सन् २०२५ सुरु भएसँगै स्टुडियोको स्वामित्व रहेको युट्युव च्यानलमा ती फिल्म अपलोड गरिएको छ । ती सबै फिल्म निःशुल्करुपमा हेर्न उपलब्ध छन् । विभिन्न जनराका यी फिल्म कतिपय एक दशकअघि रिलिज भैसकेका हुन् ।सार्वजनिक गरिएका फिल्ममा मार्लोन ब्रान्डो अभिनित ‘म्युटिनी अन द बाउन्टी’, एडी मर्फी अभिनित ‘द एडभेन्चर अफ प्लुटो न्यास’, जर्ज बन्र्स अभिनित ‘ओह गड्’, रोबर्ट डी नीरो अभिनित ‘द मिसन’, ‘वेटिंग फर गफम्यान’, ‘रिटर्न अफ द लिभिङ डेड पार्ट २’ र लियोनार्डो डिक्याप्रियोको जलवायु परिवर्तनसम्बन्धी डकुमेन्ट्री ‘द एलेभेन्थे आवर’ छन् ।

    यसरी रिलिज गरिएकामध्ये सबैभन्दा धेरै हेरिने फिल्ममा चाहिँ ज्याकी च्यान स्टारर ‘मिस्टर नाइस गाइ’ छ । सन् १९९७ मा हलमा लागेको यो फिल्मलाई वार्नर ब्रदर्सले जनवरी १ मा युट्युवमा ल्याएको थियो । त्यसयता यसलाई १६ मिलियनभन्दा धेरै पटक हेरिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend