images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा घट्न थाल्यो अंगुरको मूल्य,प्रतिकिलो...

बजारमा घट्न थाल्यो अंगुरको मूल्य,प्रतिकिलो कति?

बजारमा घट्न थाल्यो अंगुरको मूल्य,प्रतिकिलो कति?

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । बजारमा अंगुरको मूल्य घट्न थालेको छ।सिजन सुरू भएसँगै अंगुरको मूल्य घट्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।

    images
    images

    'अब अंगुरको सिजन सुरू भयो। मूल्य घट्दै जान्छ,' उनले भने।बजारमा अंगुर कालो र हरियो गरी दुई प्रकारका पाइन्छन्।उनका अनुसार अंगुरको मूल्य घट्न थालेको तीन/चार दिन भयो। तीन/चार दिन अघि बल्खु बजारमा हरियो अंगुरको होलसेल मूल्य दुई सय थियो भने अहिले प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको छ। 

    त्यस्तै, कालो अंगुर प्रतिकिलो होलसेल मूल्य तीन सयमा कारोबार भएकोमा अहिले दुई सय रूपैयाँमा कारोबार भएको छ।पुस लागेदेखिनै बजारमा अंगुर आउन थालेको थियो। उक्त समयमा अंगुर दुई सय ५० देखि तीन सय ५० रूपैयाँसम्म होलसेल कारोबार भइरहेको थियो।

    images
    images

    अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले गरेपनि स्थानीयस्तरमै बिक्री हुन्छ। उक्त उत्पादन काठमाडौं लगायत मुख्य सहरहरूमा पुग्दैन। यहाँ छिमेकीमुलुक भारतका विभिन्न ठाउँबाट अंगुर आउँछ। महाराष्ट्र, गुजरात, बैंगलोर लगायतका क्षेत्रमा ठूलो मात्रामा अंगुर उत्पादन हुने गरेको छ।

    होलसेल मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ। हाल उपभोक्तालाई अंगुर प्रतिकिलो दुई सयदेखि दुई सय ८० रूपैयाँसम्म बिक्री भइरहेको छ।तुलनात्मक रूपमा अन्य फलफूलको तुलनामा अंगुर छिटो बिग्रने भएकाले खुद्रा व्यापारीले धेरै मूल्य राख्ने गरेको उनले जानकारी दिए।

    'झुप्पाबाट झर्छ, बिग्रिन्छ। त्यो भएर खुद्रा मूल्य बढी नै राखिएको हुन्छ,' उनले भने। उनका अनुसार फागनुदेखि जेठसम्म अंगुरको मुख्य सिजन हो। सिजनमा सबै क्षेत्रका अंगुर गुलियो र मिठो हुन्छ भने अफ सिजनको अंगुरमा हावापानी अनुसार स्वाद फरक पर्ने हुन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend