images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका...

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो । 

    images
    images

    कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ । नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ । 

    सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । ‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आम उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,’ उनले भनिन् । 

    images
    images

    कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend