images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सुर्खेत,नेपालगञ्ज र धनगढीमा गल्फ लुब्रिकेन्ट्सको ‘पीजीएम’...

सुर्खेत,नेपालगञ्ज र धनगढीमा गल्फ लुब्रिकेन्ट्सको ‘पीजीएम’ मीट सम्पन्न

सुर्खेत,नेपालगञ्ज र धनगढीमा गल्फ लुब्रिकेन्ट्सको ‘पीजीएम’ मीट सम्पन्न

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

    images
    images

    नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स साथीहरूले जोश, जागर र हर्षोल्लासका साथ सहभागिता जनाएका थिए।

    धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु)का केन्द्रीय रामनरेश चौधरी प्रमुख अतिथि थिए भने नाटु क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी अतिथिका रूपमा उपस्थित थिए।यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली प्रमुख अतिथि हुँदा उपाध्यक्षसविन घिमिरे अतिथिका रूपमा उपस्थित थिए।

    images
    images

    त्यसैगरी, सुर्खेतमा सम्पन्न कार्यक्रममा नाटुका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने प्रमुख अतिथि रहँदा नाटु कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी अतिथि थिए।कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनीहरुले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए।

    कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो। साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ।फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend