images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • युनिलिभर नेपालको नाफा बढ्यो, प्रतिसेयर आम्दानी...

युनिलिभर नेपालको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ

युनिलिभर नेपालको नाफा बढ्यो, प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । सेयर बजारमा सबैभन्दा मूल्यवान रहेको युनिलिभर नेपालको नाफा बढेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १३.४९ प्रतिशत बढेको हो । कम्पनीले चालु आवमा पुस मसान्तसम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । यस्तो आम्दानी पहिले १ अर्ब ८४ करोड रहेकोमा अहिले १ अर्ब ९४ करोड छ ।

    images
    images

    कुल खर्च घटाउन समेत कम्पनी सफल भएको छ । पहिले कुल खर्च १ अर्ब ४१ करोड रहेकोमा अहिले १ अर्ब ३९ करोडमा झरेको छ । नाफा बढेसँगै प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २०७५ रुपैयाँ थियो ।

    कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ हजार २ रुपैयाँ छ । यो मूल्यका आधारमा मूल्य आम्दानी अनुपात २२.१२ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend