काठमाडौं । स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (एसओएम टियु) ले 'दोस्रो सामाजिक व्यवसाय प्रदर्शनी २०२५' यही माघ २५ गते (फेब्रुअरी ७, २०२५) शुक्रबार कीर्तिपुरस्थित स्कुल अफ म्यानेमेन्ट मा आयोजना गर्दै छ। 'दिगोपनको यात्रा' भन्ने विषय अन्तर्गत यो कार्यक्रमले नेपालमा सामाजिक व्यवसायलाई प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई बढावा दिने र दिगो व्यावसायिक अभ्यासहरूको सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको छ।
प्रदर्शनीमा हस्तशिल्प, पर्यावरण मैत्री उत्पादन, प्राङ्गारिक कृषि, रिसाइक्लिङ पहल, नवीन प्रविधि, सूचना प्रविधि, सामाजिक व्यवसाय प्रवर्द्धन लगायतका विभिन्न उत्पादन तथा सेवाका २५ भन्दा बढी स्टल रहने छन्।यस प्रदर्शनीले उद्यमीहरू, स्टार्टअपहरू, विद्यार्थीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र सामाजिक प्रभावकारीहरूलाई एकसाथ ल्याउने छ। यसले कार्यशाला, प्यानल छलफल, नेटवर्किङ अवसर, व्यापार प्रवर्द्धन र उदीयमान सामाजिक व्यापार अवधारणाहरूमा छलफलहरू समावेश गर्दछ।
कार्यक्रममा विभिन्न सामाजिक व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शनी गर्ने छन्। सहभागी व्यवसायहरूमा रि-कृति, कास्य ज्वेलरी, फूल प्रसाद, क्रोचेट क्रिएसन, सिस्टर्स क्रिएशन, अनुग्रह ह्यान्डिक्राफ्ट, साम ज्वेलरी, भांग्रो, डिगो नेपाल, विन्टर ग्रीन टी, लच्छी, भूमिथान, मानुषी नेपाल लगायतका स्थानीय उद्यम रहेका छन्।
स्कूल अफ म्यानेजमेन्ट , टियूका एमबीए विद्यार्थीहरूको विशेष पहल
स्कूल अफ म्यानेजमेन्ट , टियूका एमबीए २३ औं ब्याचका विद्यार्थीहरूले प्रदर्शनी आयोजना गरेका हुन्। आयोजकका अनुसार यस कार्यक्रमले दिगो स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्न र उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने मञ्चको रूपमा काम गर्नेछ।
सहभागिताको लागि खुला निमन्त्रणा पनि गरिएको छ। प्रदर्शनीमा सहभागी हुन चाहने जो कोहीले स्कूल अफ म्यानेजमेन्ट , टियू, कीर्तिपुरमा ७ फेब्रुअरी, २०२५ (माघ २५, २०८१) सम्म सम्पर्क गर्न आग्रह गरिएको छ।




.gif)





