वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भन्दा एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईँले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिएका छन् ।कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ, जबकि गत आवको सोही अवधिमा भने अन्तःशुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो ।
कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो ।
कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व संकलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व संकलन गरेको थियो । चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व संकलन गर्यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।




.gif)





