images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • अनलाइन मिडियाहरू छाडा र अराजकतातर्फ उन्मुख:...

अनलाइन मिडियाहरू छाडा र अराजकतातर्फ उन्मुख: मन्त्री गुरुङ

अनलाइन मिडियाहरू छाडा र अराजकतातर्फ उन्मुख: मन्त्री गुरुङ

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन्। उनले नेपालका अनलाइन मिडियाहरू छाडा र अराजकतातर्फ उन्मुख रहेको पनि बताएका थिए।

    images
    images

    भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाको नियमन गर्न जरुरी रहेकोसमेत बताए।उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै अनलाइन डियाको नियमन गर्न जरुरी रहेको बताए। ‘अनलाइन क्षेत्र निकै छाडा छ । सबैले महसुस गर्नुपर्ने विषय होइन ? अराजकतालाई प्रश्रय दिएर हाम्रो लोकतन्त्र बलियो हुन्छ, हुँदैन होला ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही गर्न पाउने हो र ?’ मन्त्री गुरुङले भने।

    उनले पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नुपर्ने तर अनलाइन चलाउने चाहिँ बस्न नपर्ने भन्ने दुनियाँमा नहुने पनि बताएका थिए।‘सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्व, सामाजिक सदभावको हिसावले नेपाल साँच्चै नमुना र सुन्दर मुलुक हो । के यसलाई प्रवर्द्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ ? गरेको छैन नि,’ मन्त्री गुरुङले भने । दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजकता सिर्जना भएको भन्दै उनले त्यसको पनि विरोध गरेका थिए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend