images

२०८३ आश्विन १६ गते

images
images
images

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • कञ्चनपुर । अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ ।

    images
    images

    सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो । नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

    “शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एक सय ३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रकम उपलब्ध गराउन थालेका छौँ”, उनले भने, “यसअघि पहिलो किस्ताबापत ती परिवारलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।”

    images
    images

    जसअनुसार वडा नं १ का १९, वडा नं २ का १०, वडा नं ३ का पाँच, वडा नं ४ का ११, वडा नं ५ का नौ, वडा नं ७ का २१, वडा नं ८ का ११, वडा नं ९ का १९, वडा नं १० का आठ, वडा नं ११ का तीन र वडा नं १२ का छ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

    कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोश्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन ।

    “आफैँले सुरक्षित आवास बनाउन नसक्ने गरिबीको रेखामुनि रहेका र विपद् प्रभावित परिवार निकै जोखिमयुक्त अवस्थामा बस्दै आएका थिए”, नगर प्रमुख रणबबहादुर महराले भने, “पराल, खरको छानायुक्त घरमा बस्दै आएका थिए, आगलागी, विषालु कीराको टोकाइको उत्तिकै डर थियो, बर्सातमा पानी पर्दा छाना चुहिएर बस्नै नसक्ने अवस्थामा थिए ।”

    यिनै कारणलाई मध्यनजर गरी खरयुक्त छाना विस्थापन गरी जस्तापाता राख्नका लागि रकम उपलब्ध गराइएको उनले बताए । नेपालको संविधानमा प्रदत्त मौलिक हकमा नागरिकले सुरक्षित आवासमा बस्न पाउनुपर्ने व्यवस्था भएबमोजिम कार्य अगाडि बढाइएको उनको भनाइ रहेको छ ।

    नागरिकलाई सुरक्षित र वातावरणमैत्री आवासको अधिकार प्रदान गर्नका लागि जस्तापाता खरिद र सहुलियत दरको काठलगायतका सामग्री खरिदका लागि कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराइएको बताइएको छ । नगरपालिकाका प्राविधिक परिचालन गरी आगलागी तथा हावापानी थेग्न सक्ने गरी आवास निर्माण गरिएका छन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend