images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आशा लघुवित्तको संस्थापक शेयर बिक्रीका लागि...

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीका लागि खुला

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीका लागि खुला

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडाैं । काभ्रेपलाञ्चोकको साँगास्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको आशा लघुवित्त वित्तीय संस्था ले २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्यमा शेयर खरिद गर्न सक्नेछन्।

    images
    images

    यसअघि संस्थापक शेयरधनीहरूका लागि प्राथमिक रूपमा बिक्री खुला गरिए पनि अपेक्षाकृत आवेदन नपरेपछि बाँकी शेयर अब अन्य लगानीकर्ताका लागि खुला गरिएको हो।

    संस्थाले बिक्री खुला गरेको शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्नेछ, जसका लागि संस्थाको केन्द्रीय कार्यालय, साँगा, काभ्रे मा आवेदन बुझाउनुपर्नेछ।

    images
    images

    लघुवित्त क्षेत्रमा निरन्तर आकर्षण बढ्दै गइरहेका बेला आशा लघुवित्तको संस्थापक शेयर खरिद लगानीकर्ताहरूका लागि सुनौलो अवसर बन्न सक्ने विश्लेषकहरू बताउँछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend