images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमका २०१...

२१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमका २०१ कर्मचारीलाई दीर्घ सेवा पदक , एक महिनाको तलब थप

२१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमका २०१ कर्मचारीलाई दीर्घ सेवा पदक , एक महिनाको तलब थप

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो ।

    images
    images

    ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।

    नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले भने, ‘स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको छ ।’पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको उनले बताए ।

    images
    images

    पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् । सहप्रवक्ता मिश्रले भने, ‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो । यो पुरानै निरन्तरता हो ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend