images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अण्डाको खपत बढेसँगै भोलिदेखि अण्डाको मूल्य...

अण्डाको खपत बढेसँगै भोलिदेखि अण्डाको मूल्य बढाउने निर्णय

अण्डाको खपत बढेसँगै भोलिदेखि अण्डाको मूल्य बढाउने निर्णय

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो।मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

    images
    images

    'आज हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,' उनले भने, 'बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको छ।' बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

    उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो। अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ। यो किसानले पाउने मूल्य हो। 

    images
    images

    किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने उनले जानकारी दिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend