images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • सुयोग सहकारीका १३६ बचतकर्ताले दिए...

सुयोग सहकारीका १३६ बचतकर्ताले दिए संचालकहरु विरुद्ध जाहेरी, ४५ करोड जोखिममा

सुयोग सहकारीका १३६ बचतकर्ताले दिए संचालकहरु विरुद्ध जाहेरी, ४५ करोड जोखिममा

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ -ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुनिल महर्जनसहित ३ जना थुनामा छन् । जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुविरुद्ध सहकारीको रकम अपचलन गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    images
    images

    ललितपुर महानगरपालिका–२० घर भएका अध्यक्ष सुनिल महर्जन, ललितपुर–१२ मंगलबजार घर भएकी ६० वर्षीया मालिका महर्जन र भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घर भएका अर्पण कवा असार १६ र १७ मा पक्राउ परेका हुन् ।

    सहकारीमा उपाध्यक्षको भूमिकामा रहेकी मालिका चाहिँ सुनिल महर्जनको मामाकी छोरी हुन् । मालिका सहकारीको हिसाबबारे अनभिज्ञ रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३७ वर्षीय अर्पण कवा संस्थाको सचिव हुन् । महर्जन २०७० देखी हालसम्म सो सहकारीको अध्यक्ष छन् ।

    images
    images

    सहकारीका संचालकहरुविरुद्ध १३६ जनाले जाहेरी दिएका छन् । ललितपुरका एसएसपी शेखर खनालका अनुसार जाहेरवालाहरुले जम्मा गरेको ८ करोड ९८ लाख २८ हजार बचत फिर्ता पाउनुपर्ने माग गरेका छन् । सहकारीमा एउटै परिवारका सदस्यहरूले १ करोड सम्मा जम्मा गरेको भेटिएको छ ।

    अध्यक्ष सुनिल महर्जनले संस्थामा कुल डिपोजिट ४५ करोड रहेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी भन्छन्,‘१५ करोड फिर्ता गरिसकेको महर्जनको भनाइ छ ।’

    ८ जनाविरुद्ध पक्राउ पुर्जी

    सुयोग सहकारीको रकम अपचलनमा संलग्न आरोपमा ८ जनालाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । भक्तपुर नगरपालिका–१२ घर भएकी उपाध्यक्ष गिता सिख्वाल, ललितपुर महानगरपालिका–२० घर भएकी रेस्मि शिल्पकार, चापागाउँ शाखाका व्यवस्थापक विष्णु संजेल, लेखा समिति सदस्य भूपेन्द्र महर्जन र सञ्चालक समिति सदस्य रविन महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सञ्चालक समिति सदस्य अछामको जनालीकोट घर भएका नर बहादुर साउद, महालक्ष्मी नगरपालिका–८ घर भएका रन्जित श्रेष्ठ र ललितपुर महानगरपालिका–९ घर भएका राजमोहन अवालेलाई पनि पक्राउ गर्न अदालतले ललितपुर प्रहरीलाई अनुमति दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend