images

२०८३ आश्विन १६ गते

images
images
images

फेदीखोला हाईड्रोपावर आईपीओ निष्काशनको तयारीमा

फेदीखोला हाईड्रोपावर आईपीओ निष्काशनको तयारीमा

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले आईपीओ निष्काशन गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । आयोजना निर्माणको हालसम्मको प्रगति, खर्च अनुमोदन र शेयर खरीद विक्री कार्यका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    यस कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ३ मेगावाट क्षमताको फेदी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend