काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले २१.०५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको २३औं र २४औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको कर प्रयोजनसहितका दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा मंगलबार पर्साको वीरगन्जमा साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ ।




.gif)





