images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • क्यान इन्फोटेक २०२५ मा करिब १५०...

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल हुने, तयारी अन्तिम चरणमा

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल हुने, तयारी अन्तिम चरणमा

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यसबारे जानकारी दिएको हो ।

    images
    images

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले महासंघले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

    ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो) तथा सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन् ।

    images
    images

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

    क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने उल्लेख गर्दै डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने धारणा राखिन् ।"प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन् ।

    टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ ।

    क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए ।​ क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनको भनाइ थियो ।

    क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको जानकारी दिइयो । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।क्यान इन्फोटेक २०२५ अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम समेत हुने बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend