images

२०८३ आश्विन १५ गते

images
images
images

सानो अमलाका ठूला फाइदा : हेर्नुहोस् त अमलाका खाँदाको कति छन् फाइदा ,,,,

सानो अमलाका ठूला फाइदा : हेर्नुहोस् त अमलाका खाँदाको कति छन् फाइदा ,,,,

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं ।अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरू हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।

    images
    images

    भिटामिन सीका अन्य स्रोतजस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर, अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधैं रहिरहन्छ ।अमला सेवनले इम्युनिटी छिटो बूस्ट हुन्छ । यसले पाचनतन्त्र बलियो बनाउनुका साथै शारीरिक विकासलाई पनि सहयोग गर्छ । 

    अमलालाई काँचै, अचार बनाएर वा जुस बनाएर खान सकिन्छ ।जाडो महिनामा अमलाको पेस्ट बनाएर त्यसमा अलिकसत नरिवलको तेल राखी दल्नुस् । छाला चिलाउने, पोल्ने र सुक्खा हुने समस्याबाट तत्काल मुक्ति पाइन्छ । कब्जियतको समस्या भएका मानिसका लागि पनि अमला वरदान हो । अमलालाई सुकाएर धूलो बनाई एक चम्चा मनतातो पानीसँग पिउनुस् । 

    images
    images

    बाडुली लागेर हैरान हुनुभएको छ भने पनि अमला लाभदायक हुन्छ । अमलाको धूलोमा दुई थोपा मह मिसाएर खाइदिनुस् । बाडुली लाग्न छोड्छ । बिहानै उडेर अमलाको झोल पिउनुभएमा इम्युनिटी बूस्ट हुन्छ । अनि रुघाखोकी र ज्वरो जस्ता मौसमी रोगबाट बच्न सकिन्छ । कोरोनाले सताउन पनि पाउँदैन । 

    बच्चाहरूको नाकबाट रगत आउने समस्याबाट मुक्ति पाउन अमलाको पेस्ट केही बेरसम्म बच्चाको निधारमा राख्नुस् । त्यसले शरीरलाई शीतल अनुभव गराउँछ । आँखा पोल्ने वा चिलाउने समस्या भएमा अमलालाई पिँधेर आँखाको ढकनीमा दल्नुस् । अमलाको रसको दुई थोपा आँखामा राख्दा पनि हुन्छ । केही दिन यसो गर्दा आँखाले आराम अनुभव गर्छ । 

    दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरू पुग्छन्–

    मुटुको समस्या

    यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

    तौल कम

    अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

    पाचन

    अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

    कमजोरी

    अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

    अनुहारमा चमक

    यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

    राम्रो कपाल

    यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    क्यान्सर

    अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउन फाइदाजनक मानिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend