images

२०८३ आश्विन २० गते

images
images
images

के अभिनेत्री अरुणिमाको पनि पतिसँगको सम्बन्ध बिग्रिएको हो ?

के अभिनेत्री अरुणिमाको पनि पतिसँगको सम्बन्ध बिग्रिएको हो ?

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौँ । पछिल्लो समय एकपछि अर्को सेलिब्रेटी वैवाहिक जीवन धरापका रहेको चर्चा चल्न थालेको छ । गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पति बिष्णु सापकोटासँग डिबोर्स मागेको प्रसङ्ग सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । 

    images
    images

    गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग सम्बन्ध राम्रो नभएको संकेत गरेकी छन् । पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।

    अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर÷भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्काेलाई फलो गरेको देखिन्न् । विवाह गरेलगतै एक टेलिभिजन शोमा अन्तरवार्ता दिँदै युवराजले आफु अमेरिका नै गएर पत्नीसँगै बस्ने बताएका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् ।

    images
    images

    अरुणिमाले पहिलो विवाह टुटेपछि युवराजको विवाह गरेकी थिइन् । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्त मार्फत भेट हुँदा एक अर्काेलाई मन पराएका थिए । विवाह गरेको केही दिनमै अरुणिमा अमेरिका उडेकी थिइन् । 
    यता युवराजको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend