images

२०८३ आश्विन १८ गते

images
images
images

आन्तरिक पर्यटकको केन्द्र भन्दै बेतना सीमसार

आन्तरिक पर्यटकको केन्द्र भन्दै बेतना सीमसार

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • उर्लाबारी । हिउँद सुरु भएसँगै मोरङका सीमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सीमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सीमसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, संघसंस्थाको साधारणसभा, गोष्ठी र सेमीनार पनि सीमसार क्षेत्रमा हुने गरेको छ ।

    images
    images

    मोरङमा सबैभन्दा व्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेलबारी –४ को बेतना सीमसार पर्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँसम्म पाइदैन । १७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफल सीमसार क्षेत्र रहेको छ । ७ हेक्टरमा पोखरी क्षेत्र रहेको छ ।

    हिउँदमा साइबेरियादेखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकाले पनि यो क्षेत्र आकर्षक गन्तव्य बनि रहेको जानकारहरू बताउँछन् । बेतना सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको सीमसार क्षेत्रको अर्को आकर्षण विश्व कै दुर्लभ प्रजातिका कछुवा हुन् ।

    images
    images

    सीमसार भित्र सय केजीभन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउनुहुन्छ । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन् केन्द्रका रुपमा पनि चिनिन्छ । विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति बेतना सीमसार क्षेत्रका थप आकर्षण हुन् । अझ पछिल्लो समय सीमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्धार गरी ल्याइएको जङ्गली जीव जन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सीमसार क्षेत्रमा नील गाई, विभिन्न प्रजातिका बाँदर, लोखर्के, वन बिरालो, सर्प, अंजिगर, चाइनिज मुसा, खरायो, लाटोकोसेरो, हुँचिल, दुम्सी, चित्तल लगायतका जीवजन्तु संरक्षण गरिएको छ ।

    सीमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले वातावरण सौन्दर्यविदहरूको सहयोगमा कमिलो, विभिन्न प्रजातिका हाडखोरहरुको प्रतिमा समेत बनाएर राखिएको छ । जसले उक्त क्षेत्रको फरक पहिचान दिएको छ । सीमसार क्षेत्रमा दुई प्रजातिको दुर्लभ बेत वनस्पति पाइन्छ ।

    सीमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिन्चित गरेको छ । विं.स २०५७ सालमा बेतौना जलउपभोक्ता समूह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समूहले समेत सो सीमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् ।सीमसार क्षेत्रको संरक्षणका लागि वरिपरि तार घेराबारा समेत गरिएको छ । केही वर्ष अघि बेतना महोत्सवको आयोजना गरेपछि बेतना पोखरीमा डुङ्गा समेत राखिएको छ जुन हाल आएर आम्दानीको मुख्य स्रोत भएको छ ।

    सीमसारले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन यता शनिबारसम्ममा ५१ हजार एक सय जना पर्यटकले टिकट काटेर बेतना भ्रमण गरेका छन् । तथ्याङ्क अनुसार प्रतिव्यक्ति ५० रुपियाँ दरले यस अवधिमा करिब २५ लाख ५५ हजार रुपियाँ । यो तथ्याङ्कमा १० वर्ष मुनिका बालबालिका, ७० वर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समितिले उपलब्ध गराएको उपभोक्ता कार्ड होल्डरहरुलाई दिइएको छुट समावेश गरिएको छैन ।

    त्यस्तै सोही अवधिमा ६ हजार दुई सय मोटरसाइकल पार्किङबाट एक लाख २४ हजार, साना चारपाङ्ग्रे सवारी साधन ६ सय ५३ वटाबाट सवारी पार्किङ शुल्क ३२ हजार ६५० र ५८ वटा बस पार्किङबाट पाँच हजार आठ सय रुपियाँ सङ्कलन भएको छ । साइकल पार्किङबाट एक हजार चार सय रुपियाँ, वनभोज शुल्कबाट ३८ हजार र डुङ्गा सञ्चालनबाट तीन लाख ८६ हजार ५५० गरी कुल ३१ लाख ४३ हजार चार सय आम्दानी भएको बेतना सिमसारले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend