images

२०८३ आश्विन १६ गते

images
images
images

नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणको माग गर्दै धर्ना सुरु

नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणको माग गर्दै धर्ना सुरु

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन् । शक्रबार बिहानदेखि नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । 

    images
    images

    निर्माणको लागि टेन्डर भए पनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा.नीरजकुमार सिंहले बताए ।

    उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन ।  नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा भने ५ सय शय्याको भवन निर्माण भई कार्य सञ्चालन समेत भइसकेको उनको भनाई छ । -न्युज एजेन्सी नेपाल

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend